काठमाडौँ । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश मन्त्रिपरिषद बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बाग्मती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाका रुपमा लागु हुने दिनको अवसरमा आज प्रदेशमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
प्रदेश सरकार मन्त्रिपरिषदबाट मिती २०८१ वैशाख १२ गते भएको निर्णयअनुसार बिदा भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना प्रकाशन गर्दै जनाएको छ ।
काठमाडौँको वसन्तपुरमा आज एक समारोहको आयोजना गरी प्रदेशभित्र सरकारी कामकाजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै भाषा सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
