काठमाडौँ । बाग्लुङको तमानखोला गाउँपालिका–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका छन्। घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जनाएका छन्। मध्यरातमा दुबै घरमा एकैपटक आगो लागिरहेको देखेपछि स्थानीयले निभाउने प्रयास गरेका थिए।
गाउँघरमा दमकल एवम् अग्निनियन्त्रणका अन्य साधन नभएकाले दुबै घर आगलागीका कारण खरानी बनेको उनको भनाइ छ। घटनाको प्रकृति हेर्दा कसैले घरमा आगो झोसेको हुनसक्ने अध्यक्ष सिर्पलीले आशंक गरिएको छ। आगलागीबाट भएको क्षतीको बिस्तृत बिवरण आउन बाँकी छ।
