काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा बुझाइसकेको जानकारी दिए ।
जनता समाजवादी नेपाल पार्टी फुटाउन भूमिका खेलेको भन्दै उनीप्रति प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट थिए। प्रधानमन्त्रीले आइतबार उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन निर्देशन दिएका थिए ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले विगत दुई महिनादेखि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा थिए। जसपा नेपाल छोडेर अशोक राईसहित ७ जना सांसदले नयाँ पार्टी (जनता समाजवादी ) पार्टी गठन गरेका छन्।

