पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधवार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका-३ खादरतर्फ आउँदै गरेको लु१ज ३३२४ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका सात वर्षीय राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका १६ बर्षीय तेजन सोमैको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती नगरपालिका डण्डा (नवलपरासी पूर्व) मा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताएका छन् ।

दुर्घटनामा घाइते भएका १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घनाग्रस्त जीपमा चालकसहित १५ जना सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *