काठमाडौँ । काभ्रेपलाञ्चोककी नर्स विधि लम्सालले ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ को शीर्ष उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित अन्तिम प्रतिस्रपर्धा २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै विधिले उत्कृष्ट पर्सनालिटीसहित उपाधि चुमेकी हुन् ।
लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन् । विजेता लम्सालले ‘मिस ग्लोबल’मा नेपालको प्रतिनिधित्व गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिनुभयो ।
प्रतियोगितामा नयाँ ठिमी भक्तपुरकी अनिसा पराजुली ‘फस्ट रनरअप’ र ‘मस्त इन्टेलेक्च्युअल’ तथा सामाखुसीकी पला रेग्मी ‘सेकेन्ड रनरअप’ र ‘मस्ट चार्मिङ’ भएका हुन् । पराजुली चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा साइकियाट्रिक नर्सिङमा मास्टर अध्ययनरत छन् । तीनै विजेताले उपाधिका साथमा विभिन्न उपहार हात पारेका छन् ।
नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा. सुवास आचार्य, डा. सुजिता हिराचन, डा. स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायक रहेको प्रतियोगीतामा विशेष अवार्ड नर्स विथ व प्रपोज मोनिका थापा मगर, मस्ट फोटोजेनिक स्किनसदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्टको उपाधि दिव्या बम ठकुरीले उचालिन् ।
