काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको नेताहरूले जनाएका छन्।

सहकारीको रकम अपचलनको आरोपमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै कांग्रेसले लगातार संसद् अवरुद्ध गरिरहेको छ। प्रतिपक्षी दलहरूले सदनमा नाराबाजी गर्दै विरोध गरिरहेता पनि सभामुखले मर्यादापालक लगाएर सदन चलाउन थालेपछि कांग्रसले थप रणनीति तय गर्न पार्टी र दलको संयुक्त बैठक गरेको नेताहरुले बताएका छन्।

समिति गठन गर्न सत्तापक्ष र प्रतिपक्षबीच सहमति भए पनि समितिको टिओआरका विषयमा अझै सहमति जुट्न नसकेको जनाइएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *