काठमाडौँ । सोमबार बिहान जापानको केन्द्रीय प्रान्त इशिकावाको नोटो क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ।
स्थानीय समयअनुसार बिहान ६ बजेर ३१ मिनेटमा १४ किलोमिटर गहिराइमा भूकम्प गएको जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार जनाएको छ भने भूकम्पको केन्द्रबिन्दु ३७.५ डिग्री उत्तरी अक्षांश र १३७.३ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।
जेएमएका अनुसार भूकम्पका कारण सामुद्रिक छालमा केही परिवर्तन देखिन सक्ने तर सुनामी आउने र सुनामीजन्य क्षतिको सम्भावना नरहेको बताएको छ।
