काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएका छन् । उनले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष मन्त्रिपरिषद् सहितको राजीनामा बुझाएका हुन् । बुधवार बसेको मन्त्रिपरिषद बैठकले १७ औँ लोकसभा विघटन गर्न सिफारिस गरेसँगै उनले राष्ट्रपति समक्ष राजीनामा बुझाएको रिपोर्टमा उल्लेख छ ।

भारतीय राष्ट्रपति मुर्मुले माेदीको राजीनामा स्वीकृत गरेकी छिन् । यद्धपी नयाँ सरकारले कार्यभार नसम्हालेसम्म माेदी र मन्त्रिपरिषद्लाई पदमा बसिरहन आग्रह गरेकी छिन् ।

नयाँ नतिजाअनुसार २०१४ पछि  कुल ५४३ सिटको भारतीय लोकसभामा कुनै पनि पार्टीको बहुमत आएको छैन। लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ।

हालै सम्पन्न लोकसभा चुनावमा मोदी नेतृत्वको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले सबैभन्दा बढी २४० सिट जीत निकालेको छ। भाजपा नेतृत्वको एनडिए गठबन्धनको २९३ सिटसहित बहुमत छ। यद्यपि एनडिए गठबन्धन फुटाएर विपक्षी भारतीय नेशनल कांग्रेस (कांग्रेस आई) नेतृत्वको इन्डिया गठबन्धनले सरकार बनाउने प्रयास गरिरहेको छ।

नरेन्द्र मोदील जून ८ मा तेस्रो पटक प्रधानमन्त्रीको रूपमा सपथ लिन सक्ने भारतीय संचारमाध्यमले जनाएका छन्।