बर्दिया । गेरुवा गाउँपालिकाले पुर्ण खोप सुनिश्चितता घोषणा गरेको छ । आईतबार एक कार्यक्रमबीच गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
पुर्ण खोप सुनिश्चितता गर्नको लागी प्रत्येक बर्ष १६ महिना देखि ५९ महिनाका बालबालिकाहरुले १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पुरा गरेको सुनिश्चितताको अभिलेख अध्याबधिक गर्नुपर्ने हुन्छ । जसअनुसार १६ महिना देखि ५९ महिनासम्मका १५७८ जना बालबालिकाले पुर्ण खोप प्राप्त गरेको गेरुवा गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक नारायण भण्डारीद्वारा उक्त कार्यक्रममा तथ्याङ्क प्रस्तुत गरेका थिए ।
पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा पालिका अध्यक्ष जमान सिंह के.सी., उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी , प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्दले सम्बन्धित वडा अध्यक्ष र उक्त वडाका स्वास्थ्य सँस्थाका प्रमुख तथा प्रतिनिधीलाई सँयुक्त रुपमा पुर्ण खोपयुक्त वडा सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका छन् ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथी एवम् प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समिती बर्दियाका प्रमुख तथा जिल्ला खोप समन्वय समितीका अध्यक्ष सुर्य बहादुर विष्ठ र जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले गेरुवालाई पुर्ण खोपयुक्त गाउँपालिका सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका छन् ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
