काठमाडौँ । बाराको कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको गोली प्रहारबाट हत्या भएको छ।शुक्रबार बिहान काम विशेषले बाराको आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित गाउँको घर गएका थिए ।
कुशवाहा करिब साँझ ५ बजे त्यहाँबाट फर्किने क्रममा सोही पालिकाको वडा नं ३ बतरा भन्ने स्थानमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको हो ।
कुशवाहाको हत्या संलग्न भएको आशङ्कामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको आदर्श कोतवाल गाउँपालिका खजुरियास्थित घरबाट कलैयातर्फ जाँदै गर्दा मोटरसाईकलमा सवार अज्ञात समूहले गोली प्रहार गरि क्याम्पस प्रमुख कुशवाहाको हत्या गरेको प्रहरीले जनाएको छ ।
बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार पिठ्युमा १ राउण्ड गोली लागी गम्भीर घाइते भएका कुशवाहाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
