काठमाडौँ । न्यू इभेन्ट पोइन्ट रेष्टुरेन्टमा माघको ५ गते राति ९ः२० बजेतिर डीएसपी तुलसिंह केसीले शौचालयमा गएकी महिलाको अश्लील फोटो खिचेको भन्दै जाहेरी परेको थियो ।
तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका डीएसपी तुलसिंह केसीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौँले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भएका छन् ।
