तनहुँ । जङ्गली च्याउ खाएर बिरामी परेका तनहुँको आँबुखैरेनी गाउँपालिकाका एक जनाको व्यक्तिको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिएका छन् ।
च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरीले बताएको छ । अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा द्रोणपति गुरुङसहित ५४ वर्षीय डिलबहादुर गुरुङ, ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए ।
