नेकपा एकीकृत समाजवादीको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा बुधबार प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरिँदैछ।
बिहान ११ बजे शुरु हुने बन्द सत्रमा राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्ताबेजमा भएको समूह छलफलको निष्कर्ष पेश गरिने भएको हो । ती दस्ताबेजबारे प्रतिनिधिबीच १२ समूह बनाएर सामूहिक छलफल गरिएको थियो ।
सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित पारित गरिनेछ । त्यसपछि नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुनेछ। महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । महाधिवेशन बिहीबार समापन हुनेछ ।
