ललितपुर महानगरपालिकाले अख्तियार आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।

मन्दिरको जग्गा मिचेको पाइएपछि चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल महानगरले डोजर लगाएर भत्काएको हो।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार आफ्नै उपस्थितिमा डोजर चलाउन निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *