बर्दिया । गेरूवा गाउँपालिकाको कार्यालय पशुपतिनगरमा शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई स्वागत गरिएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा. महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानका क्रममा गेरुवा गाउँपालिकाकाको कार्यालयमा आइपुग्नुभएका डा. पुनलाई गेरुवा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरुले स्वागत गरेका हुन ।
डा. पुनसँगकाे भेटमा अध्यक्ष जमान सिं केसीले अभियानकाे सफलताकाे शुभकामना व्यक्त गर्नुका साथै गेरुवा गाउँपालिकाको परिवारले डा. पुनको अभियानलाई सहयोग पुर्याउन किताब खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत चन्दले बताउनुभयो।

डा. पुनकाे अभियानलाइ साथ दिन लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चाैधरी र नागरिक उन्मुक्ती पार्टीका केन्द्रिय सदस्य खडक बहादुर शाही लगायतको सहभागिता रहेको थियो ।
३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने उद्येश्य अनुरूप डा. पुन यस अभियानमा लाग्नुभएकाे हाे। ‘नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको छौं, औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लागेको छु ’ उहाँले भन्नुभयो, ।’
