रास्वपाका निलम्वीत महामन्त्री मुकुल ढकालले समिक्षा यात्रा पछि आफूले सभापति रवि लामिछानेसँगको सहमतिमै मिडियामा बोलेको बताएका छन्। सभापति लामिछानेले आफूलाई सरकारविरुद्ध नबोल्न भनेपछि आफू नबोलेको पनि स्पष्ट पारे।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले ज्वाला संग्रौला र रमेश प्रसाईं लगाएर रवि लामिछानेले ‘मुकुल ढकाल मेरो विरुद्ध छ’ भन्ने भाष्य निर्माण गरेको जानकारी दिए।

“मैले बोलेको कुरा सभापतिको अनुमति र सहमतिमा बोलेको हो। सरकारको विषयमा नबोल्देउ भनेपछि मैले त्यो कुरा बोलिन। तर, बोलेको कुरा समझदारीमा बोलेको हो सोधेर बोलेको हो,” उनले भने, “मैले पार्टी सभापति रवि लामिछानेको विरुद्ध बोलेको छैन। पार्टी जोगाउनु पर्छ भनेको हो। उहाँले ज्वाला संग्रोैला र रमेश प्रसाईलाई परिचालित गरेर , मुकुल ढकाल रवि लामिछानेको विरुद्धमा गयो भनेर भाष्य सेट गर्नुभयो।”

उनले आफूले कालो टेप लगाएर बैठकमा प्रस्तुत हुनु गलत भएको भए त्यसको भागिदार हुने बताए। तर, महामन्त्रीले कालो टेप लगाएर बैठकमा उपस्थित हुँदा बैठक स्थगित गरेर वार्ता गर्ने प्रयास रवि लामिछानेले नगरेको बताए।

“मैले उहाँ सँग पटक पटक कुरा गर्न चाहे तर कुरा गर्न चाहानु भएन। तपाइलाई प्रचण्ड ओली देउवाको घर जान मिल्छ भने भाइ वा महामन्त्री मान्ने भए वार्ता गर्न आउन मिल्छ । तर, उहाँ आउनु भएन,” उनले भने।

पार्सपोर्ट र सहकारीको विषयमा रवि लामिछानेमाथी छानबिन गर्न पार्टीले समिति गठन गर्नुपर्ने समेत उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *