नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्। सोमबार बेलुका बसेको बढुवा समितिको बैठकले जोशीलाई बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन्। एआईजी उमेशराज जोशीले असार १९ गते अनिवार्य अवकास पाएपछि रिक्त दरबन्दीमा उनलाई बढुवा गर्न सिफारिस गरिएको हो।

हाल कार्यरत डीआईजीको बरियतामा पनि उनी नै पहिलो नम्बरमा थिए। बढुवा समितिले बरियता अनुसार नै सिफारिस गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *