जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्री सिंहलाई पार्टी निर्देशन विपरित काम गर्न थालेको भन्दै स्पष्टीकरण सोधिएको हो।
मुख्यमन्त्री सिंहले पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा पार्टीसँग कुनै छलफल नगरेको गुनासो आएपछि स्पष्टीकरण सोधिएको बताइएको छ।
साउन २२ गते मुख्यमन्त्री सिंहले ५ राज्यमन्त्री थपेका थिए। यससँगै मन्त्रिपरिषद् २० सदस्यीय भएपछि मुख्यमन्त्री र उनको दल जनमत पार्टीको चर्को आलोचना भइरहेको छ।
उनलाइ जनताको काम भन्दा औपचारिक कार्यक्रमहरूको उद्घाटनतर्फ बढी लागेको समेत जनमत पार्टीले स्पष्टीकरण पत्रमार्फत आरोप लगाएको छ।
