आज कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
ठूलो वर्षाको सम्भावना रहेका उक्त क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न सम्यमता अपनाउन सम्पूर्णमा महाशाखाले अनुरोध गरेको छ ।
आज राति पनि कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको रहेको मौसमविदु सरोज पुडासैनीले जानकारी दिनुभयो ।
आज राति कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । पूर्वतिर भने सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ ।
