प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा जानुअघि उठाउने एजेण्डाबारे आज छलफल गर्दै छन्। आलीले आज बिहान ११ बजे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालय लगायत सरोकारवाला निकाय तथा विज्ञसँग चीन भ्रमणका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले यही मङ्सिर १७ गतेदेखि पाँच दिने चीनको औपचारिक भ्रमण गर्दैछन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लि छ्याङ लगायतसँग भेटवार्ता गर्ने छन्।

प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री आरजु राणा देउवा मङ्सिर १३ गते नै चीन जाने तयारी छ।