अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बस्नेतमाथि भ्रष्टाचार अनि सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।
बस्नेतविरुद्ध ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस र सम्पत्ति शुद्धीकरण अन्तरगत १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
