स्कटल्याण्डमा आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदैछ। शृङ्खलाको उद्घाटन खेलमा आज आयोजक टोली स्कटल्याण्डले नेदरल्यान्ड्सको सामना गर्नेछ। यो खेल ग्लास्गोमा नेपाली समयअनुसार साँझ ६:४५ बजे शुरू हुनेछ।
नेपालले आफ्नो पहिलो खेल भोलि नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। शृङ्खलामा नेपालले स्कटल्याण्ड र नेदरल्यान्ड्स दुवै टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक अन्तर्राष्ट्रिय टी–२० मा डेब्यू गर्ने अवसर प्राप्त गरेका छन्। यद्यपि, तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले यो शृङ्खला गुमाउनेछन्।
