अर्थ मन्त्रालयले मातहतका निकायमा कार्यरत ९० जना शाखा अधिकृतहरुको सरुवा गरिएको छ। सूचीअनुसार मन्त्रालयमा कार्यरत अधिकृतहरुलाई विभाग तथा कार्यालयमा खटाइएको छ भने विभाग तथा कार्यालयमा रहेका अधिकृतहरुलाई मन्त्रालयमा सरुवा गरिएको देखिन्छ।
प्रभावका हिसाबले महत्वपूर्ण मानिने अड्डाहरुमा जान सरुवा प्रक्रियामा ठूलै रस्साकस्सी र प्रभाव चल्ने गरेको बताइन्छ।
