संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक सोमबार बस्दैछ। बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेश गर्ने कार्यसूची छ। सोमबार पनि सो कार्यसूची तय भए पनि समितिमा विधेयकमाथिको छलफल नसकिएको पेश हुन नसकेको हो।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *