ललितपुर खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास नजिकैको सुरक्षा बिटमा जेनजी पुस्ताका प्रदर्शनकारीले आगजनी गरेका छन्।

सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनीसम्म गरेका हुन्। स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले जानकारी दिएका छन्।

मंगलबार साढे ९ बजेतिर प्रदर्शनकारीको एउटा समूहले आगजनी गरेको हो। काठमाडौं बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घर आसपासमा पनि प्रदर्शनकारी देखिरहेका स्रोतले जनाएको छ।

सोमबारदेखि भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरुद्धमा जेनजी पुस्ता राजधानी लगायत देशैभरी आन्दोलनमा उत्रिएका हुन्। जेनजी पुस्ताका प्रदर्शनकारीले सामाजिक सञ्जालमा राजनीतिक नेताको घर निशाना बनाउने अभिव्यक्ति दिएका छन्।