प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्।
जेन–जी आन्दोलन उग्र बनेपछि ओली राजीनामा दिन बाध्य बनेका हुन्। सोमबार जेन–जीको आन्दोलनमा सरकारले बर्बर दमन गरेको थियो। त्यस क्रममा १९ जनाको हत्या भएको छ भने सयाैँ घाइते भएका छन्।
आन्दोलनको दोस्रो दिन आज प्रदर्शनकारीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र संसद भवनसमेत कब्जा गरिसकेका छन्।
गृहमन्त्री रमेश लेखकले हिजै राजीनामा दिएका थिए। उनको मन्त्रिपरिषद्का अरू ३ जना मन्त्रीले मंगलबार बिहानै राजीनामा दिएका थिए।
धेरै नेताहरूका घर तथा सम्पत्ति नष्ट भइसकेको छ भने भैँसेपाटीको मन्त्री निवासबाट मन्त्रीहरूलाई हेलिकप्टरबाट उद्धार गरी सुरक्षित स्थान सारिएको छ।

