काठमाडौँ। भरतपुरमा भोलि हुने भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगाएतका पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने भएका छन् । नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर उद्घाटन हुने भ्रमण वर्ष २०२४ को उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै चितवन जाने बताइएको छ।

नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आजै चितवन जाने कार्यक्रम पक्का भइसकेको जनाइएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी भोलि जाने कार्यक्रम तय भएको स्रोत अनुसार प्राप्त भएको छ ।

उद्घाटन कार्यक्रममा सबै जनालाई पूर्वप्रधानमन्त्रीको हैसियतमा निमन्त्रणा गरिएको भएपनि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने सहभागी नहुन बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *