नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्।
काठमाडौँको टोखास्थित हार्माेनी हाउजिङभित्र रहेको डेरा घरमा प्रदर्शनकारी भेला भएर नाराबाजी गर्दै आगो लगाएका हुन्। प्रत्यक्षदर्शीका अनुसार परिवारका सदस्यहरू हारगुहार गर्दै सामान ओसार्न थालेका छन्।
डा.भट्टराईले जेनजी पुस्ताको जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।
