बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा गरेका छन्। उनी राप्रपाका नेता हुन्।

जेन जेडको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईँलाई राजीनामा पत्र बुझाएका हुन्।

‘नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु,’ पत्रमा भनिएको छ । उनले राष्ट रोएको बेला नेपाली जनताको चाहाना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको बताएका छन् ।

२४ भदौमा राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरूले सामूहिक राजीनामा दिने भएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *