बाँकेमा खसी किन्ने क्रममा विवाद भएपछि सालाले भिनाजुको हत्या गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिका- ५ का ५२ वर्षीय जाबिद अली बेहनाको मृत्यु भएको हो।

शुक्रबार साला अजमद अलीको समूहले जाबिदको हत्या गरेका हुन्। उनीहरूले खसीको व्यापार गर्ने गरेका थिए। खसीको मोलतोल गर्ने क्रममा झडप भएको हो।

बिहान उनले किन्न ठिक्क पारेको एउटा खसी अर्कैले उठाएपछि दुई समूहबीच झडप भएको थियो। अलीको भेरी अस्पतालमा उपचारका क्रममा हिजो दिउँसो मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *