लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरहको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। आयोगले परराष्ट्र सेवातर्फ लिइएको परीक्षाको नतिजा प्रकाशन गरेको हो।  

खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रमा गरी एक हजार दुई सय ९५ जना लिखित परीक्षामा सम्मिलित भएकोमा एक सय दुई जना उत्तीर्ण भएका हुन्।