बंगलादेश प्रिमियर लिग (बीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको आगामी संस्करणको अक्सनमा नेपालका पाँच खेलाडीहरू सूचीकृत भएका छन्।

नेपालका पाँच खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र अनुभवका आधारमा विभिन्न क्याटगोरीमा राखिएको छ। लेग स्पिनर सन्दीप लामिछाने क्याटेगोरी ‘बी’ मा बीपीएलको ड्राफ्टमा सूचीकृत भएका छन्।

दीपेन्द्र सिंह ऐरी क्याटेगोरी ‘डी’ मा पर्दा आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ‘ई’ मा समावेश भएका छन्।

नेपाली टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेले यसअघि पनि विश्वभरका विभिन्न फ्रेन्चाइज लिगहरू खेलिसकेका छन् । उनी बीपीएलमा अनुबन्ध हुने बलिया दाबेदार हुन्।

अलराउन्डर दीपेन्द्र सिंह ऐरी उत्कृष्ट लयमा रहेका छन्। विकेटकिपर ब्याटर आसिफ शेख, तीव्र गतिका बलर सोमपाल कामी र युवा अलराउन्डर गुलशन झा पनि अक्सन ड्राफ्टमा परेका छन्।

यी पाँच खेलाडीले अक्सनबाट कुनै टिमले अनुबन्ध गरेमा आगामी सिजनको बीपीएलमा खेल्ने मौका पाउनेछन्।