सरकारले प्रत्येक वर्ष भाद्र २३ गते जेनजी सहिद दिवस मनाउने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरूको सम्झनामा उक्त दिवस मनाउने निणय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

बैठकले जेनजी आन्दोलनका क्रममा सहिद  परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी, अविवाहित छोरालाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ।

सरकारले सो आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई यसअघि नै शहीद घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *