प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक आह्वान भएको हो।
छलफलमा निर्वाचन आयोग, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, जेनजी प्रतिनिधि, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरू पनि सहभागी रहनेछन्। सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ।
निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रूपमा लागेकी छन्।
