भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी भाषामा लेखिएको धार्मिक ग्रन्थ गीता उपहार दिएका छन्।
प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको धार्मिक ग्रन्थ गीताको प्रतिलिपि प्रस्तुत गरेको र गीताको शिक्षाले विश्वभरका लाखौंलाई प्रेरणा दिने बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणको लागि बिहीबार साँझ दिल्ली पुगेका हुन्। उनको विमान दिल्लीको पालम विमानस्थलमा अवतरण भयो, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्तिगत रूपमा स्वागत गरेका थिए।
विमानस्थलमा औपचारिक स्वागत पछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै गाडीमा बसेर मोदीको आधिकारिक निवास स्थानमा पुगेका थिए।
युक्रेनसँगको युद्धपछि राष्ट्रपति पुटिनको यो पहिलो भारत भ्रमण हो। यस भ्रमणको क्रममा रुसी राष्ट्रपतिले प्रधानमन्त्री मोदीसँग २३ औँ भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन्।
