महान्यायाधिवक्ताको कार्यालयले पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ।
महान्यायाधिवक्ता सविता भण्डारीले आजै उक्त मुद्दा फिर्ता दिन स्वीकृत दिने निर्णय गरेकी हुन्।
अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयहरूलाई स्वीकृति दिएसँगै अब ती कार्यालयहरूले आवश्यक प्रक्रिया अघि बढाउने छन्।
सहकारी ठगीको मुद्दा भने यथावत रहने छ।
