राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान गरेका छन्। 

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष गाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान प्रस्थान गरेका हुन्। 

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जापानको ‌औपचारिक भ्रमणमा गएका हुन्। भ्रमण सम्पन्न गरी उनी यही माघ २१ गते स्वदेश फर्कने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *