स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ। सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर तोलामा दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन तोलामा दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १०० रुपैयाँले घटेर तोलामा चार हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा चार हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।
