लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन्। एमालेबाट निर्वाचित प्रदेश सांसद शर्मालाई आइतबार राति धुम्बाराहीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो।महानगरले उजुरी दिँदा पनि प्रहरी कारबाही अघि नबढाएपछि तत्कालीन मेयर बालेन्द्र शाहले केही गर्न नसकेको भन्दै बालिकासँग क्षमा मागेका थिए। हाल उनी प्रधानमन्त्री भएसँगै शर्मालाई गिरफ्तार गरिएको हो।
