नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।
आजदेखि लागू हुनेगरी प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाएको हो। अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ। यसअघि १८७ रुपैयाँ थियो।
यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँबाट १८२ रुपैयाँ पुगेको छ। यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा पुगेको छ।
यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा कायम भएको छ। सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटि १८६ रुपैयाँबाट बढेर २०१ रुपैयाँ पुगेको छ।
यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६६ रुपैयााँबाट बढेर १८१ रुपैयाँ पुगेको छ।

