कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन्। बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए।
उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन्। एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको आरोप छ।
यससँगै लम्सालमाथि अनुसन्धान गर्न चौतर्फी दबाब परेको थियो।
