सरकारले निजामती कर्मचारीलाई राजीनामा वा अवकाशपछि अर्को सार्वजनिक पदमा जिम्मेवारी लिन निश्चित समय रोक्ने (कुलिङ पिरियड) राख्ने भएको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

कुनै पनि निजामती सेवा कर्मचारीहरु राजनीतिक दलमा आवद्ध भए सरकारले बर्खास्ती गर्ने नीति अवलम्बन गर्ने पनि सरकारको घोषणा छ।

निजामती सेवामा रहेको ट्रेड युनियन सरकारले अध्यादेशबाट खारेज गरिसकेको छ। यसलाई कानुन बनाएरै व्यवस्थित गर्ने पनि सरकारको घोषणा छ।