मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।
उनी वीरगञ्जबाट पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार, उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो ।
उनलाई कुन मुद्दा वा कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा भने हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन। ‘माथिको आदेश’ भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।
राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए।
वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्।
