सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा तथा कामकाजको जिम्मेवारी तोकेको हो।
बैठकको निर्णयअनुसार नेपाल प्रशासन सेवा, नेपाल इन्जिनियरिङ सेवा, वन सेवा र आर्थिक योजना तथा तथ्याङ्क सेवाका सहसचिवहरूको सरुवा गरिएको छ।
