नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले पनि राष्ट्रिय मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको घटनासम्बन्धी प्रतिवेदन मागेका छन्।

लेखकले जेनजी आन्दोलनबारे आयोगले तयार पारेको प्रतिवेदनको प्रमाणित प्रतिलिपी माग गरेका हुन्।

उनले ‘के आधारमा मानवअधिकार उल्लंघनकर्ताको संज्ञा गरियो?’ भन्ने प्रश्न गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरममा आफ्नो प्रस्तुत गर्न आयोगसँग प्रतिवेदन माग गरेका छन्।

भदौ २३ र २४ गते जेनजी प्रदर्शन हुँदा लेखक गृहमन्त्री थिए।

आयोगले आफ्नो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले मानवअधिकार उल्लंघन गरेको ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको छ।