काठमाण्डाै – १६ वर्षमुनिका महिलाको साफ च्याम्पियनशिपमा नेपालले आज भारतसँग दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा खेल्दैछ ।

फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता रहेको छ । बङ्गलादेश लगातार दुई खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ भने दुई अङ्क भएको भारत दोस्रो स्थानमा र समान दुई अङ्क भएको नेपाल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छन् । भुटानले दुवै खेल हारेर अङ्कविहीन हुँदै बाहिरिसकेको छ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।