काठमाण्डौ – १६ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा नेपाललाई १० गोलले हराउँदै भारत फाइनलमा पुगेको छ । फराकिलो अन्तरले पराजित भएसँगै नेपाल फाइनलमा पुग्न असफल भएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पहिलो हाफमा ६ गोल गरेको भारतले दोस्रो हाफमा ४ गोल गर्न सफल भयो। फाइनलमा पुग्न दुवै टोलीलाई आजको खेल जित्नैपर्ने थियो । जितसँगै भारतको तीन खेलमा ६ अङ्क सहित फाइनलको यात्रा तय गरेको हो।
यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग २-० गोलले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले भुटानलाई ३-० गोलले पराजित गरेको थियो। भारतले पहिलो खेलमा भुटानलाई ७ गोलले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।
बंगलादेश दुई खेलमा ६ अङ्क सहित फाइनलमा पुगिसकेको छ । भोलि बंगलादेशले राउण्ड रोबिन चरणको अन्तिम खेलमा भुटानसँग खेल्नेछ । भुटान अङ्कविहीन हुँदै बाहिरीसकेको छ । भारतले बंगलादेशसँग उपाधिका लागि आउँदो आइतवार खेल्नेछ।
