काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सम्सी गाउँपालिकाका पूर्वअध्यक्ष शेष फारुक, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सम्सी गाउँपालिकाको वडा नम्बर-६ मा आ.व. २०७७-०७८ मा बनाइएको सडक ढलान योजना, पीसीसी ढलानसमेतका योजनामा स्थायी इञ्जिनियरबाट कामकाज नगराई करारको इञ्जिनियरबाट इष्टिमेट र मूल्यांकन गराएर अनियमितता गरेको अख्तियारले जनाएको छ ।

नक्कली नापी किताब, बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको, साथै प्रतिवादी ओमकुमार महतोले बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरपुर चौकसम्म योजनाको बिलअनुसार भुक्तानी प्रक्रिया अगाडि बढाउन ४ लाख ३ हजार ५८१ रकम भुक्तानी दिएको भन्दै गैरकानूनी कार्य गरेको आरोपमा मुद्धा दायर गरेको सुचना अधिकारी कृष्ण सुन्दर महतोले जानकारी दिएका छन्।