मकवानपुर । तीन जना भारतीय नागरिक सहित एक जना सुनसरीको कोशी गाउँपालिका–४ बस्ने वर्ष ३२ का निजाम मियाँ सँगबाट स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित मकवानपुरमा पक्राउ परेका छन् ।
वीरगञ्जबाट नारायणघाटतर्फ गुडिरहेको भारतीय नम्बर प्लेटको कारको सिटमुनि लुकाइछिपाइ ल्याएको रकमसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेकाको साथबाट पाँच लाख ४९ हजार एक सय भारतीय रुपैयाँ र दुई लाख ५० हजार नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
