काठमाडौँ । लोक सेवा आयोगले ठूलो संख्यामा खरिदार पदका लागी विज्ञापन प्रकाशित गरेको छ ।

आयोगले आज मिति २०८०/११/३० गते एक सूचना जारी गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा ५ सय ३७ जना खरिदारका लागि आवेदन आह्वान गरेको छ। योग्यता पुगेका उम्मेदवारहरूले चैत २० गतेसम्म दरखास्त दिने र दोब्बर दस्तुर तिरेर चैत २७ सम्म आवेदन दिन सकिने आयोगले जारी गरेको सुचनामा उल्लेख छ।  

उक्त सुचना बमोजिम आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने व्यवस्था रहेको छ।

विज्ञापन हेर्नुस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *